Skip to content
Shikhar Insurance
National Life

बिहीबार दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १० अर्ब ७९ करोड माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबरा दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.४९  अंकले बढेर २७२२.७३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३ सय ११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७ सय ३१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २ सय ८२ रुपैयाँ बराबर संकलन भएको छ । अघिल्लो दिन (बुधबार) भने ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार हिमालयन पावर पार्टनर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब ५८ करोड २५ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय ६० रुपैयाँ पुगेको छ ।

बिहीबार १८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, बिहीबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ४.७९ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्