काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउने प्रयत्न भइरहेको भन्दै स्वीकार्य नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली समाजमा थुप्रै विकृतिहरु फैल्याउने, आयातित विकृतिहरुको डंगुर डम्पिङ साइट बनाउन खोजिएको बताउनु भयो । त्यो नेपालीलाई मञ्जुर नरहेको र नहुने बताए । नेपाललाई सांस्कृतिक र सामाजिक हिसावले पनि विकृतिहरुको डम्पिङ साइट बन्न नदिने जानकारी दिए । उनले नेपाल स्वतन्त्र मुलुक भएको उल्लेख गर्दै यसमा गर्व गर्नुपर्ने बताए । नेपालको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने जानकारी दिए ।
यसलाई कायम राखेर सग्लो नेपाल सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए । आफूहरुले देशको सीमा र सम्मान खुम्चिन नदिने बताउँदै आन्तरिक रुपमा पूर्वाधार लगायतको विकास गर्न जरुरी रहेको जानकारी दिए । सरकार आर्थिक, पूर्वाधार विकासमा लागिरहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले नेपाली समाज सभ्य, सुसंस्कृत समाज भएकाले यसलाई कायम राखेर अघि बढाउने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्