Skip to content
Shikhar Insurance
National Life

गैरबैंकिङ्ग सम्पत्तिले थिचिँदै बैंक: ८ महिनामा ८० प्रतिशतले बढ्यो, कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको ८ महिनामा वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति वृद्धि भएको छ । फागुन मसान्तसम्म्ममा वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति करिब ८० प्रतिशतले बढेको हो । बैंकहरूले उठाउँन नसकेको कर्जाको धितो लिलाम बिक्री हुन नसकेपछि बैंकहरुमा गैरबैंकिङ्ग सम्पत्ति बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसरा ८ महिनामा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३६ अर्ब २० करोड ८७ लाख रुपैयाँ पुगेको छ, जुन गत अवको सोही अवधिको तुलनामा ७९.९७ प्रतिशतले बढी हो । गत आवको ८ महिनामा वाणिज्य बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति २० अर्ब ११ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

आठ महिनामा सबैभन्दा धेरै गैरबैंकिङ्ग सम्पत्ति रहेको बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको गैरबैंकिङ्ग सम्पत्ति ५ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १४५ प्रतिशतले बढी हो । गत आवको बैंकको यस्तो सम्पत्ति २ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी, गैरबैंकिङ सम्पत्ति धेरै हुने दोस्रो स्थानमा हिमालयन बैंक रहेको छ । बैंकको ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँको गैरबैंकिङ्ग सम्पत्ति रहेको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकको गैरबैंकिङ्ग सम्पत्ति ४ अर्ब ३८ करोड ३० लाख रुपैयाँ, नबिल बैंकको ३ अर्ब ७५ करोड ७० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब १० करोड रुपैयाँ, कुमारी बैंकको २ अर्ब ५८ करोड ३१ लख रुपैयाँ र प्राइम कमर्सियल बैंकको २ अर्ब २ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

चालु आवको फागुन मसान्तसम्ममा लक्ष्मी सनराइज बैंकसँग १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ, प्रभु बैंकसँग १ अर्ब २६ करोड, एनएमबि बैंकसँग १ अर्ब १४ करोड ६५ लाख रुपैयाँ, सिटिजन्स बैंकसँग १ अर्ब ५ करोड ४५ लाख रुपैयाँ, कृषि विकास बैंकसाँग १ अर्ब १ करोड ८६ लाख रुपैयाँ गैरबैंकिङ्ग सम्पत्ति थुप्रिएको छ ।

त्यसैगरी, नेपाल बैंकको गैरबैंकिङ्ग सम्पत्ति २० करोड ४१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २९ करोड ७६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ३५ करोड ३९ लाख रुपैयाँ, एभरेष्ट बैंकको ५८ करोड २१ लख रुपैयाँ, माच्छापुच्छ्रे बैंकको ९८ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ६८ करोड २८ लाख रुपैयाँ र सानिमा बैंकको २६ करोड ८६ लाख रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE