काठमाडौं । साताको चौथो कारोबरा दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१ अंकले बढेर २६९६.२३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बुधबार ३ सय २९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५ सय ३२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार ङदी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड ४१ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय १३ रुपैयाँ पुगेको छ ।
बुधबार १४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बुधबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ६.८१ प्रतिशतले मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्