Shikhar Insurance
National Life

ऐतिहासिक बिन्दुमा पुगेको भोलिपल्टै नेप्सेमा करेक्सन, ७ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७८ श्रावण ११, सोमबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा सामान्य करेन्सन आएको छ । इतिहासको उच्च बिन्दुमा पुगेको भोलिपल्टै नेप्से परिसूचकमा करेक्सन आएको हो ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ८.२४ अंकले घटेर ३०५०.४३ अंकमा पुगेको छ । कारोबारमा आएका दुईतिहाइ कम्पनीको सेयर मुल्य बढेपनि नेप्से परिसूचक भने घटेको हो ।
सोमबार ०.२७ प्रतिशतले घट्दा बजारमा १४ अर्ब १३ करोड रूपैयाँको सेयर किनबेच भएका छन् । यसक्रममा ३ करोड ७० लाख कित्ता सेयर किनबेच भए ।
बैंकहरूको सेयर मुल्य घट्दा नेप्से परिसूचक घट्न पुगेको हो । जलविद्यूत, बीमा, वित्त कम्पनी तथा लघुवित्तहरूको सेयर मूल्य बढेपनि नेप्सेलाई सपोर्ट नपुगेको हो ।

नेप्से घटेपनि विशाल बजार कम्पनी, जानकाी फाइनान्स, रिडि हाइड्रो, माउन्टेन हाइड्रो, ग्रिन लाइफ हाइड्रो, हिमालयन ऊर्जा र ङादी पावरको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । गुमाउनेमध्ये कुनै पनि कम्पनीका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढी सेयर मूल्य गुमाएनन् ।
आज सबैभन्दा बढी कारोबार ङादी ग्रुपको भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिजो नेप्से ऐतिहासिक ३ हजार ५८ अंकमा पुगेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्