Skip to content
Shikhar Insurance
National Life

रिलायबल नेपाल लाइफको ‘रिलायबल समृद्धि योजना’ आजदेखि बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ बैशाख ३ गतेदेखि बिक्री खुल्ला हुने भएको छ, जसको आकार १ अर्ब रहेको छ ।

जस मध्ये ८ करोड ५० लाख इकाई अथवा ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासन (आइपीओ) मार्फत बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्कासन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ ।

यस योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानी कोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।

रिलायबल सामूहिक लगानी कोष को सार्वजनिक निष्कासन मिति २०८२ बैशाख ३ गतेदेखि छिटोमा बैशाख ७ गते र ढिलोमा बैशाख १७ गते सम्म खुल्ला हुँदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजार देखि अधिकतम १० करोड सम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैँक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता गरेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्