Skip to content
Shikhar Insurance
National Life

लाभंश प्रस्ताव पारितको लागि स्वरोजगार लघुवित्तले बोलायो वैशाख २९ गते साधारण सभा

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा वैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान साढे ११ बजेदेखि आव्हान गरेको हो ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेछ ।

सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ ।

सभामा अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमालीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साथै, सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसको आधारमा वैशाख १० गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्