Skip to content
Shikhar Insurance
National Life

भन्सारबाट उठ्छ दैनिक डेढ अर्ब राजस्व, ९ महिनामा ३ खर्ब ४६ अर्ब पोहोर भन्दा ३८ अर्ब बढि

Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागले चैत महिनामा ४१ अर्ब ९७ करोड राजस्व संकलन गरेको छ । विभागले गत आर्थिक वर्ष २०८०/०८१ को चैत महिनाको तुलनामा ५ अर्ब ३० करोड बढी राजस्व संकलन गरेको हो ।

गतवर्ष चैतमा ३६ अर्ब ६७ करोड राजस्व संकलन भएको थियो । गत वर्षको चैतको तुलनामा १४.५ प्रतिशत बढि राजस्व संकलन गरेको हो । चैत महिनामा विभागलाई अर्थ मन्त्रालयले ५१ अर्ब ५८ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । विभागले चैत महिनामा लक्ष्यको ८१.५ प्रतिशत राजस्व संकलन गरेको छ ।

विभाग मातहत कार्यालयले अहिले दैनिक १५० करोड बराबर राजस्व असुल गरिहेको विभागका उपमहानिर्देशक जनकराज शर्माले बताए । उनले भने,“अहिले कार्यालय खुलेको दिनमा दैनिक १५० अर्ब हाराहारीमा राजस्व संकलन हुने गरेको छ, धेरै राजस्व प्राप्त हुने वस्तुहरुको आयात नबढ्दा राजस्वमा उल्लेख्य प्रगति हुन सकेको छैन।”

९ महिनामा विभागले ३ खर्ब ४६ अर्ब ९० करोड राजस्व संकलन गरेको छ । विभागले यो अवधिमा ४ खर्ब २६ अर्ब ३६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। ९ महिनामा विभाग लक्ष्यभन्दा ७५ अर्ब ४६ करोडले पछि परिसकेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विभागका कर्मचारीहरुलाई लक्ष्य पुरा गर्नेगरी काम गर्न निर्देशन दिइहरेका छन् । उनले मन्त्री पद सम्हालेपछि ३ जना महानिर्देशकको प्रयोग गरिसकेका छन् । उनले पुर्व महानिर्देशकहरु ढुण्डीप्रसाद निरौला र हरिशरण पुडासैनीलाई मन्त्रालयबाट नै सरुवा गरिसकेका छन् । अहिले महेश भट्टराईलाई महानिर्देकको जिम्मेवारी दिएका छन् ।

विभागले कुन महिनामा कति उठायो राजस्व

विभागले साउन महिनामा ४५ अर्ब ३६ करोड लक्ष्यमा ३४ अर्ब ६९ करोड राजस्व संकलन गरेको थियो । भदौ महिनामा ५० अर्ब ३८ करोड लक्ष्यमा ३९ अर्ब ५८ करोड राजस्व उठेको छ ।

असोज महिनामा ४६ अर्ब ४७ करोड लक्ष्यमा ३८ अर्ब ८८ करोड राजस्व उठेको छ । कार्तिक महिनामा ४६ अर्ब ३५ करोड लक्ष्यमा ३३ अर्ब ८८ करोड संकलन भएको छ । यस्तै, मंसिर महिनामा ३९ अर्ब ३३ करोड, पुष  महिनामा ४० अर्ब २५ करोड, माघ महिनामा ३९ अर्ब ३८ करोड, फागुन महिनामा ३८ अर्ब ९९ करोड र चैत महिनामा ४१ अर्ब ९७ करोड राजस्व संकलन भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्