Skip to content
Shikhar Insurance
National Life

अर्थतन्त्र चलायमान बनाउन सरकार गहन रुपमा काम गर्दैछ : पर्यटनमन्त्री पाण्डे

Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रुपमा काम गरिरहेको बताएका छन् । मंगलबार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थलहरु बन्ने बताए । उनले भौतिक रुपमा पनि संरचनाहरुलाई दर्विलो गरी निर्माण गर्ने प्रतिवद्धता जनाए ।

उनले अहिले देशको अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको बताए  । उनले अर्थतन्त्र चलायमान बनाएसँगै भौतिक संरचना र हाम्रा नविन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व रहेको बताए ।

मन्त्री पाण्डेले साहित्य, संगीत र कला मानव जातिको विशिष्टता भएको उल्लेख गरे । उनले साहित्य, संगीत र कलाको महत्त्व बुझेर अघि बढ्न जरुरी रहेको जानकारी दिए । उनले साहित्य, संगीत र कलाले आफ्नो भित्रको अन्तरचेतनालाई जगाउने बताए । मन्त्री पाण्डेले समाजलाई जगाउने कुरा कलाकारिता भएको बताए । समाजलाई सही बाटोमा डोर्‍याउन कलाकारिताको भुमिका महत्त्वपूर्ण हुने जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्