काठमाडौं । गोदावरी स्टिल्स प्रालिले सन् २०२४ मा ६ अर्ब ४० करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.६६ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
त्यसैगरी, कम्पनीले सन् २०२२ मा ५ अर्ब ४१ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । रेटिङ एजेन्सी केरिय रेटिङ नेपालले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको व्यापार लगातार बढ्दै गइरहेको छ ।
२०१९ देखि सञ्चालनमा रहेको यो कम्पनीको कारखाना चन्द्रनिगाहपुर, रौतहटमा अवस्थित छ । कम्पनीले स्टील रड, प्लेन स्टील बार, स्टील बिलेट र तारहरू उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो उत्पादनहरु ‘गोदावरी स्टिल’ नामबाट बिक्री गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्