काठमाडौं । सामसङले अद्भुत १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस२५ अल्ट्राको लन्चको साथ नेपाली नयाँ वर्षको सुरुवात गरेको छ । यो फ्ल्यागशिप डिभाइस इन्स्टा फाइनान्सद्वारा ० प्रतिशत ब्याजको मासिक ११ हजार ७ सय ५० इएमआईमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ । कम्पनीका अनुसार मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।
अभूतपूर्व स्टोरेज र पर्फर्मेन्स्
ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले तपाईँका फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चितना नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ । सामसङको एआई–फस्र्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
अझ सशक्त एआई क्षमता
अरू भेरिएन्तहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टिबी भेरिएन्तले तपाईँको कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिन्छ । यसको ठुलो स्टोरेज क्षमताले तपाईँलाई यी एआई फिचरहरू अझ भरपुर प्रयोग गर्न सहयोग गर्छ:
नाउ बर र नाउ ब्रिफ: महत्त्वपूर्ण अपडेट र समाचारहरूको छोटो सारांश तत्काल पाउन सकिने
सर्कल तु सर्च: स्क्रिनमा देखिएका नम्बर, इमेल वा वेबसाइटहरू सजिलै सँग चिन्न सकिने
कल ट्रान्सक्रिप्ट र समरी: फोनमा गरिएको कुराकानीको सारांश र ट्रान्सक्रिप्ट पाउन सकिने
राइतिंग असिस्ट: नोटहरूको सारांश बनाउन सकिने वा टेम्पलेटको साथ सजिलै मिलाउन सकिने
ड्रइङ असिस्ट: आफ्नो स्केच, टेक्स्ट र इमेज आइडियाहरूलाई एकै ठाउँमा ल्याउन सहयोग पाउन सकिने
सहज मल्टिटास्किङ र इमर्सिभ डिस्प्ले: उच्च प्रदर्शन र आकर्षक डिस्प्लेका साथ विभिन्न कार्यहरू एकै पटक गर्न सकिने अनुभव पाउन सकिने
ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी मोबाइल एआईको यात्रामा एक महत्त्वपूर्ण उन्नतिको कदम हो, जसले प्रयोगकर्तालाई अभूतपूर्व क्षमताहरू, स्मार्ट सहयात्रीको अनुभव, र दैनिक जीवन सजिलो बनाउने टेक्नोलोजी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो नयाँ भेरिएन्त वैशाख ४ गतेदेखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ ।
सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ०% ब्याजमा ग्यल्केसी एस२५ अल्ट्रा १ टिबी मासिक ११ हजार ७५० इएमआई सम्मबाट प्राप्त गर्न सकिने कम्पनीकले जनाएको छ ।
यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ । साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइनेछ । कम्पनीका अनुसार पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।
प्रतिक्रिया दिनुहोस्