Skip to content
Shikhar Insurance
National Life

गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीलाई देउवाको अन्तिम अल्टिमेटम, ‘नत्र सरकार हाम्रो बसमा छैन’

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर सत्ता गठबनधनमै दरार सृजना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबिच कुरा नमिल्दा विवाद उत्कर्षमा पुगेको हो ।

गभर्नर नियुक्तिमा सभापति देउवाले नाम नै तोकेर पटक-पटक नियुक्ति टुङयाउन प्रधानमन्त्री ओली समक्ष दबाब दिइरहेका छन् । केहि दिन अघि मात्रै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई अन्तिम अल्टिमेटम दिएका हुन् । यदी आफूले भनेको व्यक्ति गभर्नर नबने सरकार आफ्नो बसमा नभएको सन्देश ओली समक्ष पठाएका छन् ।

केहि दिनअघि सरकार निर्माण नै आफैंले गरेको दाबी गर्ने एक बिचौलियाले मध्यरातमा प्रधानमन्त्री भेट्न बालुवाटार गेटमा पुगेका थिए । प्रधानमन्त्री ओलीले ती व्यक्तिलाई भोली बिहान आउन सन्देश दिए ।

ओली भेट्न नपाएका ती व्यक्ति बुढानिल्कण्ठ देउवा निवास पुगेका थिए । देउवा निवास पुगेर ती व्यक्तिले देउवा समक्ष यो सरकार गठन गर्न आफूले धेरै मिहिनेत गरेको गुनासो गरेका थिए । तर भने जस्तो काम नभए ‘देखाई दिन्छु’ भन्दै धम्की दिएका थिए । उच्च स्रोतले सिंहदरबारसँग भन्यो, “प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका ती व्यक्ति प्रधानमन्त्रीले भोली भेट्न आउन भनेपछि बुढानिलकण्ठ पुगेका हुन्, उनी त्यहाँ पुगेपछि बुढानिलकण्ठबाट देउवाले ओलीलाई फोन गरेका हुन्। देउवाले ओलीलाई फोनमा गभर्नर नियुक्ति नभए सरकार बसमा छैन भनि स्पष्ट सन्देश दिएका हुन् ।”

‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म भयाे, गभर्नर नियुक्तिमा समेत विचौलियाकै हल्ला छ’ महामन्त्री थापा

स्रोतका अनुसार ती व्यक्तिले राष्ट्र बैंकको गभर्नरमा आफूले निलम ढुङगानालाई बनाउन चाहेको भन्दै गलत प्रचार गरी भित्री रुपमा अर्कै व्यक्तिलाई गभर्नर बनाउन लागि परेका छन् ।

देउवाले चैत १८ गते राती नै बालुवाटार पुगेर पुर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई गभर्नर बनाउन प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री ओलीले सो विषयलाई टार्दै थाइल्याण्ड उडेका थिए । थाइल्याण्डबाट फर्किएपछि पनि सहमति जुट्न नसकेपछि प्रधानमन्त्री ओलीले गभर्नर छाड्ने की गभर्मेन्ट भन्ने विषयमा निकट व्यक्तिहरुसँग छलफल गर्न थालेका छन् । उनले एमालेबाट गभर्नर बन्न लाइनमा रहेका व्यक्तिहरुलाई यदी भएन भने निराश नबन्नु भन्ने स्पष्ट सन्देश दिएका छन् ।

गिजोलिदै गभर्नर नियुक्ति ६५ वर्षे उमेरहद हटाएको भन्दै सर्वोच्चमा मुद्दा दर्ता

देउवाको फोनपछि भने ओली आफैले ती ती व्यक्तिलाई फोन गरेर भेटेको स्रोतको दाबी छ । ओलीले सत्ताका लागि गभर्नर छाड्न राजी भैसकेको संकेत मुख्य सचिव एक नारायण अर्याललाई दिएका छन् । ६५ वर्ष उमेर माथीका व्यक्तिलाई गभर्नर नियुक्ति गर्नुपर्ने संकेत ओलीले मुख्यसचिव अर्याललाई जानकारी दिएको स्रोतको दाबी छ । यदि सहयोग नभए मुख्य सचिवले मार्ग प्रस्शस्त गर्नुपर्ने विकल्प अघि सारिएको छ ।

केहि दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउन निसर्त समर्थन गर्ने बताएका छन् । यस्तै, आफ्ना मुख्य राजनिति सल्लाहाकार गंगा दाहाललाई नेपाली काँग्रेसका प्रवक्ता तथा पुर्वअर्थ मन्त्री प्रकाश शरण महत मार्फत नयाँ सरकार गठनका लागि प्रयास गरिरहेका छन् ।

२०८१ चैत २४ गतेदेखि राष्ट्र बैंकका गभर्नर पद रिक्त रहेको छ । राष्ट्र बैंक ऐनमा गभर्नरको पदावधि सकिनु एक महिनाअगावै नियक्ति गरिसक्नु भन्ने व्यवस्था भएपनि २ महिना बित्न लाग्दापनि गर्भनर नियुक्त हुन सकेको छैन । यसअघि धितोपत्र बोर्डका अध्यक्ष नियुक्ति प्रकृयामा बिचौलियाको राय नमान्दा सरकार नै ढल्न पुगेको थियो ।

सरकारले गभर्नर नियुक्तिमा राष्ट्र बैंक ऐनको धज्जी उडाएको भन्दै सर्वोच्चमा मुद्दा हाल्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सासंद बिराजभक्त श्रेष्ठले सरकारले सेटिङमा राजेन्द्र किशोर क्षेत्रीलाई गभर्नर बनाउन लागेको आरोप लगाएका छन् । यस्तै, रास्वपाकै सासंद मनिस झाले सरकारले गभर्नरको पदमा नाम र पैसा कुरेर बसेकव आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षीदलका नेता पुष्पकमल दाहालले बिचौलिको सिफारिसमा सरकारले गभर्नर बनाउन लागेको आरोप लगाएका छन् । सत्ता पक्षका नेताहरु शेखर कोइराला र गगन थापाले पनि गभर्नर नियुक्तिमा चलखेल भएको आरोप लगाएका छन् ।

‘सेटिङमा राजेन्द्र किशोर क्षेत्रीलाई गभर्नर बनाउने सहमति भयो’-सासंद विराजभक्त श्रेष्ठ

GBIME

प्रतिक्रिया दिनुहोस्