काठमाडौं । देशमा भ्रष्टाचारले सिमा नाघेको पुर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् । नयाँ वर्ष २०८२ को शुभकामना दिदैं भिडियो सन्देश मार्फत नेपालमा भ्रष्टाचारले सिमा नाघेको बताएका हुन् ।
चैत १५ गते भएको हिसांबाट दुखी भएको बताउँदै शाहले नागरिकको स्वतन्त्रता भन्दा ठूलो तन्त्र र वाद नहुने बताए । मुलुकमा व्यप्त भ्रष्टाचार बढेको, युवा, पुँजि पलायन बढेको भन्दै अब स्वदेशमै युवालाई रोक्नु पर्ने बताए । उनले भिडियो सन्देश मार्फत संवैधानिक राजतन्त्रको पनि माग गरेका छन् ।
उनले भनेका छन्, “देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त स्थीर समृद्ध बनाउने जागरुकता जुन पैदा भएको छ नयाँ वर्ष २०८२ मा नेपाली जनताले चाहेको परिणाम हासिल हुने विस्वास थपिएको छ, मुलुकमा व्यप्त अशान्ती हिंसा अराजकता असन्तुष्टिबाट बच्न बहुदलिय व्यवस्था र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहि आएको छ ।”
जनचाहनाको पनि कदर गरी अघि बढ्न ज्ञानेन्द्रले आग्रह गरेका छन् । उनले राष्ट्र निर्मात श्री ५ बडामहाजधिराजको दिव्य ज्ञानलाई नै अबको राज्य सत्ताको मुल मन्त्रमा समेट्नुमा के होला ? भनि प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्