काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ मा पुगेको हो ।
आइतबार ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख ९६ हजा रुपैयाँ बराबरको कारोबार भएकाे छ । आइतबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सकिर्ट लागेको छ ।
त्यस्तै, आज त्रिसुली जलविद्युत कम्पनीको ५.७८ प्रतिशत, एनआइबीएल स्टेबल फण्डको सेयरको ५.२२ प्रतिशत सहित १२३ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्