Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो २ अर्ब बढी दावी भुक्तानी, बाढीको मात्र ८७ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आ.व. २०८१/८२ को हालसम्ममा जम्मा २ अर्ब बढीको दावी भुक्तानी गरेको छ। कम्पनीले ११ हजार ३ सय ८२ वटा दावी फर्स्यौट गरी जम्मा २ अर्ब ९ करोड १० लाख दावी भुक्तानी गरेको हो ।

कम्पनीले उक्त उल्लेखित दाबि रकम मध्ये ८७ करोड ३१ लाख गत आश्विन महिनामा परेको अविरल वर्षाले गर्दा आएको बाढी पहिरोको कारणले पर्न आएको दावी भुक्तानी गरेको छ भने बाँकि १ अर्ब २१ करोड ७९ लाख कम्पनीमा भइपरि आउने अन्य दैनिक दाबिहरु अन्तर्गत भुक्तानी गरिएको छ। यस आवमा हालसम्म जम्मा १२ हजार ३ सय ८८ वटा दाबी परेको छ।

कम्पनीले भुक्तानी हुन बाँकि रहेका दाबिहरु शिघ्र फर्स्यौटका लागि हर सम्भव प्रयास गरिरहेको र बिमितबाट आवश्यक कागजात प्राप्त नहुँदा बाँकि दाबि भुक्तानी गर्न ढिलाई भएकोले सम्बन्धित बिमित हरुलाई आफ्नो दाबिसँग सम्बन्धित कागजात क्षती मुल्यांकनका लागी खटाईएका सर्भेयर, कम्पनीको देशैभरी रहेका शाखा कार्यालय, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गरी शिघ्र कागजात पेश गर्नका लागी एक सूचना मार्फत अनुरोध गरेको छ ।

कम्पनीमा भईपरी आउने दाबीहरू शिघ्र फर्स्यौटका लागि कम्पनी सदैव प्रतिबद्द रहेको व्यहोरा समेत अनुरोध गर्दछौ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्