Shikhar Insurance
National Life

बिनोद चौधरीलाई मन्त्री बन्न नदिन उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री

सिंहदरबार संवाददाता
२०७८ श्रावण ११, सोमबार ०९:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरी नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभामा समानुपातिक सांसद छन् । यस अघि दुई पटक नेकपा(एमाले)बाट संबिधान सभा सदस्य बनेका चौधरी २०७४ सालमा काँग्रेस प्रवेश गरेका थिए । चौधरी अचानक काँग्रेस प्रवेश गरेपछि उनको आर्थिक उन्नयनमा राजनीतिक भरथेग गर्दै आएका एमाले अध्यक्ष केपी ओलीले प्रतिसोध साध्ने तयारी गरेका थिए । चौधरीको सीजी टेलिकमलाई लाइसेन्स नदिनेदेखि सम्पति शुद्धिकरण मार्फत छानविन र नविल बैंकको बंगलादेशी लगानी र प्रतिफल फिर्ता प्रकरण हुँदै भ्याटछलिसम्मका प्रकरण उधिन्ने तयारी ओलीले गरेका थिए ।

तर पछि त्यो प्रकरण आफै सेलायो । त्यहिबीचमा ओली सरकार ढल्यो र चौधरीले केहि राहत पाए । काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बनेपछि भने चौधरी निकै हौसिएका थिए । उनले अब आफु पनि मन्त्री हुने निकटस्थहरुलाई सुनाउन थालिसकेका थिए ।
चौधरीले सुरुमा अर्थमन्त्रालयका लागि लबिङ गरेका थिए । तर राजनीतिक वृत्तका सांसदहरुबाट चर्काे बिरोध हुने भन्दै उनलाई सम्झाईयो । त्यसपछि भने चौधरीले आफुलाई परराष्ट्र मन्त्री बन्न्का लागि लबिङ बढाएका थिए । तर आइतबार अचानक व्यवसायीक पृष्ठभूमिका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाईएपछि चौधरीको सपना पुरा नहुने त होइन ? भन्ने आशंका उब्जिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिनोद चौधरीलाई एमालेबाट काँग्रेस प्रवेश मुख्य पात्र महामन्त्री शशांक कोइराला हुन् । उनै कोइराला र हालका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाबीच आगामी महाधिवेशनमा सभापतिका लागि प्रतिष्पर्धा हुने सम्भावना छ । अर्थात देउवा र कोइराला नै काँग्रेसको आन्तरिक प्रतिष्पर्धाका दुई पात्र हुन् । अहिले चौधरीलाई मन्त्री बनाउँदा त्यसको फाइदा शशांकलाई पुग्ने निष्कर्ष देउवा क्याम्पमा निस्किएको बताइन्छ ।
त्यसो त चौधरीले मन्त्री बन्नका लागि देउवा समक्ष सिधै र अन्य माध्यमबाट लबिङ नगरेका भने होइनन् । उनले देउवा निकट नेता देवेन्द्रराज कँडेल मार्फत लबिङ गरेका थिए । चौधरीले आगामी महाधिवेशनमा काँग्रेस केन्द्रिय सदस्य बन्ने योजनासम्म बनाएको बताइन्छ ।

तर अन्ततोगत्वा चौधरीलाई मन्त्री बनाउँदा कोइराला परिवारलाई नै फाइदा पुग्ने र आफु निकटका व्यवसायी समेत रुष्ट हुने देखेपछि देउवाले अचानक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री नियुक्त गरेको श्रोत बताउँछ । श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा व्यापक आलोचना खेप्नु परेको भन्दै अब चौधरीलाई मन्त्री बनाउन नसकिने सन्देश देउवाले दिन चाहेको बताइन्छ ।

‘श्रेष्ठलाई मन्त्री बनाउँदा नै यत्रो आलोचना भएको छ, चौधरीलाई मन्त्री बनाउँदा बिरोधका स्वर थेग्नै सकिन्न भन्दै चौधरीलाई मन्त्री बन्नबाट रोक्ने सम्भावना बढेको छ’, चौधरी निकट एक व्यवसायीले भने । बिनोद चौधरीलाई मन्त्री बन्नबाट रोक्न काँग्रेस निकट अन्य व्यवसायीहरुले नै देउवालाई दबाव दिएको र त्यसका लागि श्रेष्ठलाई अघि सारेको श्रोत बताउँछ । एमालेबाट काँग्रेस प्रवेश गरेका चौधरीले पुराना काँग्रेस निकट व्यवसायीहरुलाई छायाँमा पारेको भन्दै उनीहरु रुष्ट बनेको बताइन्छ ।

त्यसो त व्यवसायीक पृष्ठभूमिका सांसदहरुलाई मन्त्री बनाउँदा आफ्नै राजनीतिक भविष्य समेत संकटमा पर्ने सम्भावनाबारे पनि नेताहरुले सजगता देखाएका छन् । ‘बिनोद चौधरी महत्वकांक्षी व्यवसायी हो, संसारभर उहाँको आफ्नै नेटवर्क छ, आज मन्त्री बनाउँदा भोली त्यो भन्दा ठूला अवसर पनि उतै सर्ने त होइन भन्ने डर पनि नेताहरुमा हुन सक्छ’, एक व्यवसायीले भने ।

चौधरीले भने परराष्ट्र, सञ्चार वा उद्योग बाणिज्य तथा आपूर्तिमध्ये एक मन्त्रालयको अपेक्षा गरेको श्रोत बताउँछ । यतिबेला उनको पहिलो रोजाईमा भने परराष्ट्र मन्त्रालय रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्