चितवन । नेकपा(माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षपछि नयाँ सरकार बन्ने दावी गरेका छन् ।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएकाले नयाँ बर्षपछि काँग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका हुन् । उनले राजनीतिक घट्नाक्रम र अनुभवका आधारमा आफुले नयाँ सरकार बन्ने संकेतहरु फेला पारेका बताएका हुन् ।
उनले मुलुकमा राजनीतिक अस्थिरताको बिउ रोप्न खोजिएकाले संसदको ठूलो दलकै नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर आफुले पहिल्यैदेखि भनिरहेको पनि बताए । अहिलेको गठबन्धन सरकार विरुद्ध जन आक्रोश प्यापक बढेकाले त्यसलाई रोक्न पनि ठूलो दलको नेतृत्वमा सम्भव भएसम्म गणतन्त्र पक्षधरहरुको साझा सरकार बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्