Skip to content
Shikhar Insurance
National Life

तीनकुने घटनापछि फरार दुर्गा प्रसाईं र उनका बडिगार्ड दिपक खड्का पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै

Hyundai
NCELL
NIMB

काठमाडौँ । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी नियन्त्रणमा लिएको छ । उनलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले आज एक विज्ञप्ति जारी गरी प्रसाई र उनका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको जानकारी दिए ।

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्