काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्यले फेरी रेकर्ड तोडेको छ । शुक्रबार सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबारको सुन प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहिबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्