Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ वर्ष अफर, ग्राहकलाई ७.९९ प्रतिशतमै घर कर्जा

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न/निर्माण गर्न/पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न यस्तो कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरिएको हुनुपर्ने बैंकले जनाएको छ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन ँविजनेश कनेक्ट” बाट ग्राहक केन्दि्रत बैंकको अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ भने मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्