Skip to content
Shikhar Insurance
National Life

भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’को भव्य उद्घाटन, कम्पनीले ल्यायो अफर नै अफर

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ ।

सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन् ।

चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर कम्पनीले प्रदान गरेको छ ।

मेलामा कुनै पनि ब्रान्डको मोटरसाइकल साटफेर गर्न पाइनेछ । कम्पनीका अनुसार कुनैपनि यामाहाको मोटरसाइकलमा न्युनतम भ्यालुएसन ५० हजार हुनेछ भने अन्य कम्पनीको मोटरसाइकलको हकमा २५ हजार भ्यालुएसन हुनेछ । तर यस्ता मोटरसाइकलको कर चुक्ता भने अनिवार्य रुपमा भएको हुनुपर्नेछ ।

यसरी मोटरसाइकल साटफेर गर्दा अतिरिक्त १० हजार बोनस प्राप्त गर्न सकिनेछ । कम्पनीले किस्तामा मोटरसाइकल लिनेहरुका लागि ७.९९ मै कर्जा उपलब्ध गराउनेछ । कम्पनीका अनुसार यामाहा ‘थ्रिल अफ थ्री’ योजनामा १ लाख रुपैयाँ नगद छुट पाइनेछ ।

कार्यक्रममा महेश काफ्ले र अस्मिता अधिकारीले प्रस्तुती समेत दिनेछन् । यस्तै, थ्रिल अफ थ्री विज्ञापन फेसफुक ट्वीटरमा सेयर गर्दा १ हजार रुपैयाँ जित्न सकिनेछ ।  विज्ञापन सामाजिक सञ्जालमा सेयर गरेको स्क्रिनसट देखाई ५० हजारसम्म नगद छुट पाइनेछ ।  यसैगरी, यामाहा मोटरसाइकल खरिद गर्दा  १ लाखसम्म नगद छुट पाइनेछ । कम्पनीले मोटरसाइकल बाहेक अन्य योजनाहरु पनि ल्याएको छ ।

मेलामा यामाहा मोटरसाइकलको टेष्ट ड्राइभ गरी स्मार्ट हेलमेटहरू जित्ने मौका पाइनेछ । मेलामा गेमिङ जोन, एक्शन प्याक फन, फेस पेन्टिंग र प्रतियोगिताहरू राखिएका छन् । प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएका छन्, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजर १२५ एफआई हाइब्रिड स्कुटर (RayZR 125FI Hybrid) हो । कम्पनीका अनुसार यो स्कुटरले ७१.३३ किलोमिटर माइलेज प्रदान गर्नेछ ।

जसलाई एआरआई (ARAI) ले प्रमाणित गरिसकेको छ । त्यससँगै युवाहरुमाँझ लोकप्रिय भैरहेको आर १५ फोरभी (R15 V4), एमटी-१५ भी २ ( MT-15 V2), एरोक्स १५५ (Aerox 155), एफजेठ भी ३  (FZ V3 Series), र डब्लुआर१५५ आर (WR155R) जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन् । जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ-रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैक आवश्यकता पुरा गर्छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्