Shikhar Insurance
National Life

नेप्से परिसूचक हालसम्मै उच्च बिन्दुमा, ९ कम्पनीको सेयर मुल्यमा सर्किट

सिंहदरबार संवाददाता
२०७८ श्रावण १०, आईतवार १६:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार ५४.३१ अंकले बढेर नेप्से ३०५८.६४ अंकमा पुगेको हो । यसअघि नेप्से परिसूचकको उच्च बिन्दु २०२८ थियो ।

साताको पहिलो दिन १ सय ३६ कम्पनीको सेयर मूल्य बढ्दा नेप्सेमा उच्च सुधार आएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार सुरू भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक दिनभर बढेर नयाँ बिन्दुमा पुगेको हो ।

आज ४० कम्पनीको सेयर मूल्य घट्दा ७ वटाको स्थिर रहेका छन् ।

कारोबार अवधिमा ४ करोड ३९ लाख कित्ता सेयर १४ अर्ब २३ करोड रूपैयाँमा किनबेच भएका छन् ।

आज ९ कम्पनीको सेयर मुल्यमा सर्किट लागेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार नेपाल बैंकको सेयरको भएको छ ।

No description available.

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्