Shikhar Insurance
National Life

राष्ट्र बैंकमा ६३ जनालाई रोजगारीको अवसर, ८ कक्षा पासलाई पनि जागिर

सिंहदरबार संवाददाता
२०७८ श्रावण १०, आईतवार १६:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६३ जनालाई रोजगारीको अवसर दिएको छ ।

केन्द्रिय बैंकले सार्वजनिक सूचनामार्फत् रोजगारीका लागि दरखास्त आह्वान गरेको हो । विभिन्न सेवाका लागि ६ महिना करार अवधि कायम हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अनलाइनमार्फत् आवेदन दिन आह्वान गर्दै ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकालाई रोजगारी खुलाएको छ । जसमा सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना माग गरिएको हो । केन्द्रिय बैंकले २७ मध्ये ५ जना महिला सिपाहीको माग गरेको छ ।
साथै ३० जना कार्यालयको पनि माग भएको छ ।
सुरक्षा सहायक तथा रक्षकको योग्यता एसएलसी तोकिएको छ भने ८ कक्षा पाए भएकाले सिपाही र कार्यालय सहयोगीका लागि आवेदन दिन पाउनेछन् ।

४५ वर्ष भन्दा कम उमेरका नेपाली नागरिकले रोजगारीका लागि आवेदन दिन सक्नेछन् । साउन २४ गतेभित्रमा इच्छुक आवेदकले आवेदन दिनसक्ने केन्द्रिय बैंकले बताएको छ ।

यस्तो छ रोजगारीको विवरणः

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्