Skip to content
Shikhar Insurance
National Life

बैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी

Hyundai
NCELL
NIMB

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता साधारण सयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

सो सयर खरिदका लागि ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं १० (साविकको गोदक गाविस का १ देखि ९ नम्बर सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं १ (साविकको नयाँ बजार गाविसका १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) माई गोजमाई गाउँपालिका वडा नं ३ र ४ (साविकको नाम्सालिङ्ग गाविसका १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गाविसको वडा नं ५), सूर्योदय नगरपालिका वडा नं १० (साविकको फिक्कल गाविसका ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका वडा नं १ (साविकको पञ्चकन्या गाविस का २, ६, ८ नम्बर वडाहरु) का स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा बैशाख १९ गते हुनेछ भने ढिलोमा जेठ ३ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने बैशाख १९ गतेभित्र आवेदन दिनु पर्नेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्