Skip to content
Shikhar Insurance
National Life

क्रसफायरले ल्यायो एफआई सेग्मेन्टको मोटरसाइकल, मूल्य ८ लाख ५९ हजार

Hyundai
NCELL
NIMB

काठमाडौं । अफरोड सेग्मेन्टमा बलियो मोटरसाइकलको ‘उपमा’ पाएको क्रसफायरले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । एफआई भर्सनमा कम्पनीले नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले आरएमजेड २५० बजारमा ल्याएको हो । कम्पनीले यो मोटरसाइकलको मूल्य ८ लाख ५९ हजार तोकेको छ । नेपालमा आधिकारिक रुपमा क्लासिक ह्वील इम्पोर्ट तथा एक्सपोर्टले बाइकको पर्फर्मेन्स राम्रो रहेकोले युवाहरुको रोजाईमा पर्ने जनाएको छ ।

क्रसफायरले पहिलोपटक यो मोटरसाइकललाई एफआई इन्जिनमा इन्टरड्युस गरेको हो । एफआई इन्जिनमा आएसँगै बाइकको माइलेज बढेको छ । कम्पनीका अनुसार काठमाडौं उपत्यकामा नै मोटरसाइकलले प्रतिलिटर ३५ किलोमिटरसम्म माइलेज दिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ९ लिटर क्षमताको ट्यांकी उपलब्ध गराएको छ । यसअघि कम्पनीले ६ लिटरको ट्यांकी उपलब्ध थियो । साथै, ग्राफिक्समा व्यापक परिमार्जन गरेको छ । कम्पनीले मोटरसाइकल ६ गियरबक्स उपलब्ध गराएको छ ।

अफरोड राइडका लागि फेरिएको फिचरले आरामदायी यात्रा बनाउने कम्पनीको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्