Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम साढे ५ अर्ब

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३‍‍‍.४४ अंकले घटेर २६६६.६१ मा पुगेको हो ।

मंगलबार ३२१ कम्पनीको १ करोड ६ लाख ४३ हजार ४ सय ६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार बराबरको कारोबार भएको छ ।

मंगलबार एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड १४ लाख ४२ हजार ५ सय ४८ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता न्युनतम मूल्य १ हजार ६ सय ७८ रुपैयाँ पुगेको छ ।

मंगलबार १२१ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावर पब्लिकको सेयर ६.७२ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्