काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । मंगलबार सुन प्रतितोला ४०० रुपैयाँ घटेको होे ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो । विगत चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तरको गिरावट भएको हो ।
त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्