काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् ।
सोमवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेशको मिसिल उपलब्ध भएपछि प्रहरीले लामिछानेलाई अदालतमा पेश गरेर कारागार चलान गरेको हो । अदालत पुर्याउने बित्तिकै लामिछानेलाई थुनुवा पूर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरी कारागार चलान गरिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रवार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्