Skip to content
Shikhar Insurance
National Life

डेपुटी गभर्नर निलम ढुङगानालाई कामु गभर्नरको जिम्मेवारी

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङगानालाई कायम मुकायम गर्भनरको जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयले ढुङगानालाई चैत २४ गतेदेखिनै लागू हुनेगरी कामु गर्भरनको जिम्मेवारी दिएको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकका हुन्।

ढुङगानालाई २४ गतेदेखिनै कामु गभर्नरको जिम्मा दिएको राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले जानकारी दिए । पुर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गतेदेखि नै सकिएको थियो । नयाँ गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषदले अर्थमन्त्री पौडेलको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । समिति सदस्यहरुमा अर्थशास्त्री डा.विश्व पौडेल र पुर्व गभर्नर विजयनाथ भट्टराई रहेका छन् ।

समितिले सोमबार नै तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गर्ने अनुमान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्