काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
सरकारले सोमबारको मन्त्रिपरिषद बैठकबाट राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने तयारी गरेको छ । लामो समयदेखि पेचिलो बन्दै आएको गभर्नर नियुक्ति आज (सोमबार चैत २५ गते) टुङगिने अनुमान गरिएको छ ।
राष्ट्र बैंक ऐनमा गभर्नर रिक्त हुनु १ महिना अगावै नियुक्ति गर्नुपर्ने व्यवस्था भएपनि एक महिना कटिसक्दा पनि नियुक्ति हुन सकेको छैन । राष्ट्र बैंकका पुर्व गभर्नर महाप्रसाद अधिकारी शुक्रबार (चैत २२ गते) ५ वर्षे कार्यकाल सकेर बाहिरिएपछि राष्ट्र बैंकमा कामु गभर्नर समेत तोकिएको छैन ।
प्रधानमन्त्री ओली थाइल्याण्ड उड्नुअघि नै गभर्नर नियुक्तिको प्रयास भएपनि सहमति जुट्न सकेन। गभर्नरका लागि राष्ट्र बैंकका डेपुटी गभर्नरहरु बम बहादुर मिश्र निलम ढुङगाना प्रतिष्पर्धामा छन् । यस्तै, डा. गुणाकर भट्ट, डा. प्रकाश श्रेष्ठ, अशोक शेरचन लगायत प्रतिष्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्