Skip to content
Shikhar Insurance
National Life

नयाँ वर्षको अवसरमा सिजीका उत्पादन विशेष छुट, एक्सेन्जदेखि फ्री डेलीभरीसम्मको अफर

Hyundai
NCELL
NIMB

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपालीहरुको नयाँ वर्षको अवसरमा विभिन्न छुट तथा अफरहरु ल्याएको छ । सिजी डिजिटल मल्टी ब्राण्ड शोरुमको रुपमा परिचित भक्तपुरको राधेराधेस्थित सिजी डिजिटलले नयाँ वर्षको अवसरमा सबै ब्राण्डका प्रोडक्टहरुमा ३० प्रतिशतसम्मको छुट अफर ल्याएको हो ।

विभिन्न १३ ब्राण्डका उत्पादनहरु विक्री वितरण गर्दै आएको शोरुमले हात खाली नजाने उपहारसहितका अफरहरु पनि ल्याएको छ । शोरुमका इन्चार्ज रोमन खत्रीले यस वर्ष नेपालीहरुको नयाँ वर्षको अवसरमा कम्पनीले एक्सेन्ज अफरका साथै किस्ताबन्दीको सुविधा तथा फ्री डेलीभरी र फ्री इन्सटलेसन सुविधा अफरको रुपमा ल्याएको पनि जानकारी दिए ।

नयाँ वर्षको अफर यही चैत्र २१ गतेदेखि सुरु भएको छ । गुणस्तरीय उत्पादन, ग्राहक सन्तुष्टी र नविन प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै आइरहेको सीजी इलेक्ट्रोनिक्सले देशभरका कुल २७ वटा शोरूममार्फत आफ्ना उत्पादनहरु बिक्री वितरण गर्दै आइरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्