Skip to content
Shikhar Insurance
National Life

३९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दु

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको जनाएको छ । आइतबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो ।

सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले ४७.७ प्रतिशत स्थानीय तहमा बोर्डको आफ्नै प्रथम सेवा बिन्दु रहेको जानकारी दिए । उनले अहिलेसम्म पनि ३९७ स्थानीय तहमा प्रथम सेवा बिन्दु नपुगेको जानकारी दिँदै ति स्थानीय तहका विमित सेवाग्राहीहरुले नजिकैको अर्को स्थानीय तहमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताए ।

तुलनात्मक रुपमा शहरी क्षेत्र सुगम क्षेत्रका स्थानीय तहहरुमा बीमा सेवाको प्रथम सेवा बिन्दु धेरै पुगेको जानकारी दिए । कार्यकारी निर्देशक काफ्लेले प्रत्येक वर्ष बीमा नविकरण नगर्ने विमितहरुको संख्या समेत बढ्दै गएको बताए ।

उनकाअनुसार विस २०७४/०७५ मा बीमा नविकरण नगर्ने ५४ प्रतिशत, ०७८/७९ मा ६४ प्रतिशत तथा रहेकोमा चालु आर्थिक वर्षको हालसम्मको संख्या ५४ प्रतिशत रहेको छ । एकचोटी बीमा गरिसकेपछि किन बीमा नविकरण गर्दैनन् भन्नबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको बताए ।

उनले भने, ‘देशका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको छ । अर्थात ४७।२ प्रतिशत स्थानमा बोर्डको आफ्नै सेवा बिन्दु छ । ३९७ स्थानीय तह अर्थात ५२।७ प्रतिशत स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न सकेको अवस्था छैन । ति स्थानीय तहमा रहेका विमितहरुले नजिकैको अर्को स्थानीय तहमा गएर प्रथम सेवा बिन्दु लिनुपर्ने स्थिति छ । त्यसकारण ति स्थानीय तहमा बीमामा आवद्धताको विषयमा प्रश्नको विषय बनेको छ ।’

‘सुविधाको अवस्थालाई विश्लेषण गर्दाखेरि सुगम स्थानीय तहमा प्रथम सेवा बिन्दुहरु पुगेको र तुलनात्मक रुपले पिछडिएका स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न बाँकी रहेको अवस्था देखिन्छ । स्वास्थ्य बीमा नविकरण नगर्ने विमितहरु आर्थिक वर्ष २०७४/०७५ मा ५४ प्रतिशत थिए । यो संख्या ०७८/७९ मा ६४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ०८१/८२ मा त्यो संख्या ५४ प्रतिशत रहेको देखिन्छ । एकपटक विमित भइसकेपछि किन नविकरण गरेरन रु भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । छोड्नेहरुको दर उच्च हुनुको कारण पहिचान गरि त्यसको त्यसको समाधानमा विशेष ध्यान दिनु जरुरी देखिन्छ’ उनले बताए ।

दोहोरोपनाको कारण विमितको यथार्थ विवरण प्राप्त गर्न समेत कठिन भएको उनको भनाइ छ । यद्यपि स्वास्थ्य बीमा गरेका विमितहरुले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गएको समेत उनले जानकारी दिए । लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्यांक छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्