Shikhar Insurance
National Life

नेपाल इन्स्योरेन्सको निमित्त सिईओ बने ईश्वर पोखरेल, बैंकिङ, टेलिकम र अध्यापनको अनुभव

सिंहदरबार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार २०:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त सिईओमा ईश्वर पोखरेल नियुक्त भएका छन् । सिईओ विजय बहादुर शाहले एक कार्यकाल  पुरा गरेर विदा भएपछि पोखरेलले निमित्त सिईओको जिम्मेवारी पाएका हुन् । पोखरेल कम्पनीमा डेपुटी सिईओको जिम्मेवारीमा थिए ।

कम्पनी सञ्चालक समितिले डेपुटी सिईओ पोखरेललाई नै निमित्त सिईओको जिम्मेवारी दिएको हो । पोखरेलसँग अध्यापन, टेलिकम र बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एमबीएससम्मको अध्ययन गरेका पोखरेलले कम्पनीको गुणस्तरिय व्यवसाय विस्तारमा भूमिका खेल्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्