Shikhar Insurance
National Life

आयातीत कुल खोपको १० प्रतिशत उद्योगी–व्यवसायीलाई !

सिंहदरबार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार १५:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न औद्योगिकरणको माध्यमबाट मात्र सम्भव भएको बताएका छन् । नेपाल चेम्बर अफ मर्सका प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन वृद्धि गर्न र आन्तरिक लगानी वृद्धि गर्न सरकारको ध्यान केन्द्रित रहेको बताए ।

यसका लागि सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शुक्रबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरु तथा सदस्यले मन्त्री शर्मासँग भेट गरेका हुन् ।

भेटमा चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न विभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताए । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक क्रियाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायी र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराउन आग्रह गरे ।

यसका अतिरिक्त चेम्बर अध्यक्ष मल्लले कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने, सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा विचाराधीन आर्थिकसम्बन्धि विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने, बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयवद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने लगायत माग राखेका छन् । निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न विशेष प्राथमिकता दिन आग्रह गरे । यसै गरी घर जग्गा कारोवारलाई ब्रोकर लाइसेन्सको माध्यमबाट नियमन गरिनु पर्ने , डिजिटल कारोबारलाइ प्राथमिकता दिइनुपर्ने तथा चेक अनादर भएमा चेक जारी गर्ने निकाय तथा व्यक्तिलाइ कालो सूचीमा राख्ने, साना व्यवसायहरुलाई सहजीकरण गर्न कुल कारोवारको सिलिङ वढाउनु पर्ने सुझाव दिएका छन् ।

उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक श्रेष्ठलगायतको उस्थिति थियो ।

चेम्बरले १९ बुँदामा अर्थमन्त्रीसमक्ष सुझाव पेश गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्