Skip to content
Shikhar Insurance
National Life

हिंसा रोक्न सेना परिचालन, गोली हान्न आदेश

Hyundai
NCELL
NIMB

काठमाडौं । राजावादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कर्फ्यु लगाएको सरकारले सेनालाई सडकमा उतारेको छ । कर्फ्यु आदेश कार्यान्वयनका लागि बानेश्वर, कोटेश्वर क्षेत्रमा सेना परिचालन गरिएको हो । सेनाका सवारी साधनहरुले सडकमा गस्ती सुरु गरिसकेका छन् ।

नेपाल प्रहरीले भने हिंसात्मक गतिबिधीमा संलग्नहरुलाई गोली हाल्न आदेश माग गरेको छ । कर्फ्यु आदेश जारी भएकाले त्यसको उलंघनहरुमाथि गोली चलाउन प्रहरीले माथिको आदेश कुनुपर्ने नपर्ने बताइन्छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

आन्दोलनकारीहरुले नेकपा(एकिकृत समाजवादी) पार्टीको कार्यान्वयनमा आगजनि गरेका छन् भने भाटभटेनीमा लुटपाट मच्चाएका छन् । अन्नपूर्णपोष्ट र कान्तिपुर टिभीको कार्यालयमा पनि तोडफोड गरेका थिए ।

केहि निजी भवनहरुमा पनि आगजनि गरेका छन् । केहि सरकारी र निजी सवारी साधनमा पनि आगजनि भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्