काठमाडौं । सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गौशलादेखि एयरपोर्ट हुँदै तिनकुने कोटेश्वर क्षेत्र, कोटेश्वरदेखि जडिबुटी क्षेत्र, बानेश्वरदेखि शंखमुल पुल, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्यु लगाउनु अघि प्रहरीले माइकिङ गरेको थियो । राजावादीहरुले कान्तिपुर टिभी, अन्नपूर्णपोष्टको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । केहि निजी घरमा पनि आगो लगाएका छन् । नेकपा एकिकृत समावजादीको पार्टी कार्यालयमा पनि तोडफोड तथा आगजनी भएको छ । कोटेश्वरको भाटभटेनीमा पनि तोडफोड गरेका छन् । पेरिस डाँडास्थित माओवादी पार्टीको केन्द्रिय कार्यालयमा पनि तोडफोडको प्रयास भैरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले शान्तिनगर पुलदेखि तिनकुने, कोटेश्वर, जडिबुटी हुँदै मनोहरा पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्