काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वदेशी उद्योग संरक्षण गर्नका लागि नयाँ कर नीति लिएका छन् । वैदेशिक सम्बन्ध, विश्व व्यापार संगठन (wto) को मूल्य मान्यता विरुद्ध ट्रम्पले नयाँ नीति लिएका छन् । ट्रम्पले राष्ट्रपतिमा विजयी भएसँगै स्याम्पेनदेखि स्टिल र कारहरूमा भारी मात्रामा करका दरहरु घोषणा गरिरहेका छन् । रुस-युक्रेनको विश्व युद्धलाई रोकेर ट्रम्पले व्यापार युद्धको घोषणा गरेका छन् ।
कार युद्ध
ट्रम्पले बुधबार संयुक्त राज्य अमेरिकाले अटो आयातमा २५ प्रतिशत कर लगाउने र करहरू अप्रिल ३ देखि सुरु हुने घोषणा गरेका छन् । होण्डा, टोयोटा, हुण्डाई, फोक्सवागन, मर्सिडिज र जीप निर्माता स्टेलान्टिस जस्ता ठूला कम्पनीहरूको घर जर्मनी र फ्रान्सले युरोपेली सङ्घ (इयु) ले प्रतिशोध लिनुपर्ने बताएका छन् भने जापान र क्यानाडाले आफ्ना विकल्पहरू तौलिरहेका छन् ।
यदि युरोपेली सङ्घ (इयु) र क्यानाडाले संयुक्त राज्य अमेरिकालाई आर्थिक क्षति पुर्याउन मिलेर काम गरे भने हालको योजनाभन्दा धेरै ठूलो कर ती दुवैमा लगाइने भनी ट्रम्पले चेतावनी दिएका छन् ।
लागू गरिएका करहरू
मार्चको सुरुमा ट्रम्पले चीनका उत्पादनहरूमा २० प्रतिशत कर लगाएका छन् । राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल (२०१७–२०२१) देखि नै चीनसँग व्यापार युद्ध गर्न चाहेका थिए । बेइजिङले कुखुरा, गहुँ र कपास जस्ता अमेरिकी कृषि उत्पादनहरूमा निशाना साँधेर प्रतिशोध लिएको छ । विश्वभरबाट आउने स्टिल र एल्युमिनियममा २५ प्रतिशत अमेरिकी कर मार्चको मध्यदेखि लागु भएको थियो । ट्रम्पको लक्ष्य विशेष गरी एसियाबाट बढ्दो प्रतिस्पर्धाको सामना गर्दै गरेको घट्दो अमेरिकी स्टिल उद्योगको संरक्षण गर्नु हो ।
संयुक्त राज्य अमेरिकाले कार र विमानदेखि सफ्ट–ड्रिङ्क क्यानसम्मका वस्तुहरू बनाउन देशमा प्रयोग हुने लगभग आधा स्टिल र एल्युमिनियम आयात गर्दछ । क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिलको प्रमुख आपूर्तिकर्ता हो । त्यसपछि ब्राजिल र त्यसपछि युरोपेली सङ्घ हुन् ।
ओटावाले स्टिलदेखि कम्प्युटर र खेलकुद उपकरणसम्म अमेरिकी सामानहरूमा २९ अर्ब ८० करोड क्यानेडियन डलर (२० अर्ब ७० करोड अमेरिकी डलर) को अतिरिक्त कर लगाएको छ ।
स्थगित कदमहरू
युरोपेली आयोगले कुल २८ अर्ब डलर मूल्यका बाउबर्नदेखि डुङ्गा र मोटरसाइकलसम्मका अमेरिकी सामानहरूलाई लक्षित गर्ने योजना घोषणा गरेर स्टिल करको जवाफ दिएको छ । तर ब्रसेल्सले गत हप्ता मूल रूपमा अप्रिल १ देखि लागू हुने करकहरू संवादका लागि थप समय दिन दुई हप्ता स्थगित गरिने बताएको छ । ट्रम्पले युरोपेली सङ्घ (इयु) बाट आउने स्याम्पेन, वाइन र अन्य मदिराहरूमा दुई सय प्रतिशत कर लगाउने धम्की दिएका छन् ।
उनले क्यानाडा र मेक्सिकोबाट आउने सामानहरूमा करहरूमा ढिलाइ गरेका छन् । ती दुवै मुलुक प्रतिशोधका लागि तयार छन् ।
ट्रम्पले अप्रिल २ सम्म मित्र र शत्रु दुवैलाई प्रभावित गर्न सक्ने व्यापक ‘पारस्परिक कर’ का लागि योजनाहरूमा हस्ताक्षर गरेका छन् । यसलाई उनले ‘मुक्ति दिवस’ भनेका छन् । यी करकहरू प्रत्येक अमेरिकी व्यापार साझेदारका लागि अनुकूल हुनेछन् र अमेरिकी सामानहरूमा तिनीहरूले लगाएका करहरू र मूल्य अभिवृद्धि कर जस्ता करहरूलाई ध्यान दिनेछ । मेक्सिको र क्यानाडाबाट ढिलाइ भएको कर लागु हुने दिन पनि यही हो ।
यस हप्ताको सुरुमा ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूबाट आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यो दण्डात्मक उपायले विशेष गरी चीन र भारतलाई असर गर्न सक्छ ।
युरोपेली सङ्घले ‘हामीबाट फाइदा उठाएको छ’ भन्ने दाबी गर्दै उनले २७ सदस्यीय युरोपेली सङ्घका उत्पादनहरूमा २५ प्रतिशत शुल्क लगाइने पनि वाचा गरेका छन् । युरोपेली सङ्घको संयुक्त राज्य अमेरिकासँग ५० अर्ब डलरको व्यापार छ ।
प्रतिक्रिया दिनुहोस्