Skip to content
Shikhar Insurance
National Life

माछापुच्छ्र्रे बैंकका ग्राहकलाई द मेट्रोपोलिटन होटलमा विशेष छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेड ले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मक्र्योर होटल) सँग साझेदारी गरेको छ । यस सहकार्यअन्तर्गत, माछापुच्छ्र्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मक्र्योर होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुट दिने भएको हो ।

बैंकका ग्राहकहरूले मक्र्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा उत्त: आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्