Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकले गोरखामा आयोजित स्वास्थ्य शिविरमा गर्याे आर्थिक सहयोग

Hyundai
NCELL
NIMB

काठमाडाैं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, लगायत अन्य विभिन्न क्षेत्रहरुमा हरेक वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा शक्तिचोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा सानिमा बैंकले आर्र्थिक सहयोग गरेको हो ।

गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त कार्यक्रममा ५२५ जना स्थानीय बासिन्दाहरुले नि:शुल्क स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन् । उक्त शिविरमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपिडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकता अनुसार नि:शुल्क औषधी पनि वितरण गरिएको छ ।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्न किसिमका सामाजिक उत्थानका कार्यक्रमहरु गर्ने योजना बनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्