काठमाडौं । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा सरकारको बिरोध गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरुको बैठकले सदन र सडकबाट सरकारको उक्त निर्णयको बिरोध गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रुपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा आवाज उठाउने र सडकमा पनि बिरोध गर्ने निर्णय भएको बताए ।सरकारले कुलमानलाई दुई तिहाईको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरुको आरोप छ ।
तर संसदीय गतिविधि बाहेकका काममा दुई तिहाईको अर्थ रहँदैन । उनले सदनमा प्रतिपक्षी दलहरुले सरकारको उक्त निर्णयको बिरुद्धमा बिरोध गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्