Skip to content
Shikhar Insurance
National Life

पाँच वर्षमा डेढ खर्ब रुपैयाँ कृषि अनुदान अपचलन, अब पुर्ण रुपमा रोक्छु- कृषि मन्त्री अधिकारी

Hyundai
NCELL
NIMB

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा उनले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुआत गरेकाले अबका दिनमा अनुदान पारदर्शी हुने र सबै विवरण हेर्न सकिने बताए ।

विगतका पाँच वर्षमा रु एक खर्ब पाँच अर्ब रकम कृषि अनुदानमा खर्च भएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान प्रक्रिया अहिले रोकिएको बताए ।

कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुने धारणा राखे । मन्त्री अधिकारीले कृषिमा भएको रकम अनुदानको दुरुपयोग भएको भन्दै मन्त्रालयमा छानविन समिति समेत निर्माण गरेका थिए । सो समितिकव रिपोर्टको आधारमा कृषिमा सो बराबरको अनुदान दुरुपयोग भएको देखिएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्