काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य सामान्यले घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७३ हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाला आज १ लाख ७३ हजार ३ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी आइतबारदेखि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्