Skip to content
Shikhar Insurance
National Life

४२७ परियोजनाका लागि ८ महिनामा साढे ४४ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षकाे ८ महिनामा ४४ अर्ब ६६ करोड बढी रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार यस्तो देखिएको हो ।

विभागका अनुसार चालु आवको सोहि अवधीका अटोमेटिक रुट, कागजी प्रक्रिया र सेयर खरिद तथा सदस्यता सम्झौतामार्फत ४२७ उद्योगका लागि सो रकम बराबरको लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार सो अवधिमा अटोमेटिक रुटमार्फत २३३ परियोजनाका लागि ४१ अर्ब ९० करोड ३४ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । चालु आवको सोही अवधिमा १९९ उद्योगको लागि २ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार यस अवधिमा शेयर पर्चेच एग्रीमेन्ट ९एसपीए० र शेयर सब्सक्रिप्सन ९एसएसए० का लागि ३२ वटा परियोजना मार्फत एक अर्ब ९४ करोड ५० लाख ४१ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट ९टीटीए० का ४६ परियोजना स्वीकृत भएका छन् ।

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ४१५ वटा रहेका छन् भने ठूला उद्योग चार वटा र मझौला उद्योग आठ वटा रहेका छन् । प्रस्तावित उद्योगबाट १० हजार ७२६ जनाले रोजगारी पाउने भएका छन् ।

फागुन मसान्तसम्ममा सूचना प्रविधि क्षेत्रका १५४ वटा, उत्पादन क्षेत्रमा ३० वटा, सेवामुलक क्षेत्रका ५४, पर्यटन क्षेत्र १८० उद्योग दर्ता भएका छन् । त्यस्तै सो अवधिमा कृषि ७ वटा उद्योग दर्ता भएका छन् भने पूर्वाधार र जलविद्युत क्षेत्रमा लगानी १ रहेको छ भने खनिज क्षेत्रमा शुन्य रहेको छ ।

प्रस्तावित उद्योगमध्ये पर्यटन क्षेत्र सर्वाधिक लगानी प्रस्ताव आएको छ । यस अवधिमा पर्यटन क्षेत्रका १८० वटा परियोजनामा १७ अर्ब ९० करोड ७५ लाख ९० हजार रुपैयाँ लगानी प्रस्ताव गरिएको छ ।

यस्तै, सेवामुलक क्षेत्रका ५४ परियोजनामा २२ अर्ब ३६ करोड ३७ लाख, उत्पादनमुलक ३० परियोजनामा २ अर्ब ३६ करोड रुपैयाँ प्रस्ताव आएको हो ।

सो अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत १ अर्ब १ लाख १९ हजार रुपैयाँ, ९२ लाख ७० हजार अमेरिकी डलर, भारुमा ३६ करोड ६२ लाख र युरोमा ६१ हजार ४ सय ३१ रुपैयाँ थप रोयल्टी लगेको विभागको तथ्यांकमा उल्लेख गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्