Skip to content
Shikhar Insurance
National Life

नेपालको पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्न निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता भएको छ । शुक्रबार काठमाडौंमा भएको सम्झौतामा नेपाल निर्माण व्यवसायी महासंघ (फक्यान) को तर्फबाट अध्यक्ष रवि सिंहले हस्ताक्षर गरे भने चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका) को तर्फबाट फाङ किउचेनले हस्ताक्षर गरे ।

चीन–नेपालबीच सहकार्यको माध्यमबाट नेपालको भौतिक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले दुईदेशबीच एमओयु भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताए । उनले भने, ‘दुई देशबीच सहकार्य गर्ने, नेपालको भौतिक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानीलाई आकर्षण गर्ने र नेपाली युवाहरुलाई निर्माणजन्य काममा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनका लागि हाम्रो क्षमता अभिवृद्धि गर्न चिनियाँ निर्माण कम्पनीसँग सहकार्य गरिनेछ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका) को तर्फबाट फाङ किउचेनले एमओयूले दुई देशबीच सहकार्य स्थापना गर्नबाटो खुलेको बताए । उनले भने, ‘भौतिक पूर्वाधार क्षेत्र र सीपयुक्त जनशक्ति सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छौँ । हामीले सहकार्य स्थापना गर्न सफल भएका छौँ ।’

सम्झौताले दुवै देशका व्यवसायिक संस्थाहरूलाई नजिकबाट मिलेर काम गर्ने अवसर दिने उनको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्