Skip to content
Shikhar Insurance
National Life

प्रदेश २ का अर्थमन्त्रीसँग सभापति सुमार्गीको भेट, नीजि क्षेत्रसँग मिलेर काम गर्नेबारे छलफल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एईसी) ले प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्रीसँग छलफल गरेको छ । सभापति अरुणराज सुमार्गीले एईसीमा स्वागत गर्दै मन्त्री विजय कुमार यादव समक्ष केन्द्रले कृषि क्षेत्रमा गर्न चाहेको काम र प्रदेश सरकारबाट अपेक्षा गरिएका सहयोगबारे कुरा राखेका छन् ।

कुराकानीमा मन्त्री यादवले प्रदेश नम्बर २ सिंगै कृषियोग्य भूमी भएकाले प्रदेश सरकारबाट नीजि क्षेत्रलाई कृषिमा लगानीका लागि आह्वान गरे । उनले प्रदेश २ सरकारले लगानीकर्ता र नीजि क्षेत्रसँग सहकार्य चाहेको भन्दै कृषिको विकासका लागि कृषि उद्यम केन्द्रसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताए ।

‘प्रदेश नम्बर २ सरकार कृषि उद्यम केन्द्रसँग मिलेर काम गर्न तयार छ’ मन्त्री यादवले भने, ‘यसअघि पनि हामीले कृषिलाई प्राथमिकता दिँदै आएका छौँ, तपाईहरु कृषिमा केही गर्न चाहान्छु भने प्रदेश सरकारले के के गरिदिनुपर्ने हो, फेरि एक पटक भेटेर डिटेलमा कुराकानी गरौँ । हामी नीजि क्षेत्रसँग साझेदारी गर्न तयार छौँ ।’

सभापति सुमार्गीले मन्त्री यादवलाई कलैयामा ठूलो कृषि उपज उत्पादनका लागि जग्गा तयारी अवस्थामा रहेकाले तत्काल काम सुरु गर्ने नीतिगत सहयोगको अपेक्षा गरिएको बताए । मन्त्री यादवले यसअघि पनि नीजि क्षेत्रसँग साझेदारी गर्न बजेटको व्यवस्था गरिएको भएपनि काम हुन नसकेको गुनासो गरेपछि सुमार्गीले अहिले महासंघमा नयाँ टिम आएकाले घोषित कार्यक्रमहरु कार्यान्वयन हुँदैनन् कि भनेर शंका नगर्न पनि आश्वस्त पारेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्