Skip to content
Shikhar Insurance
National Life

अनिल रिजालको ‘तिम्रै सम्झना छ’ गीत सार्वजनिक : अनिता जिम्बा र सोफिया गहतराजको अभिनय

Hyundai
NCELL
NIMB

काठमाडौं । चर्चित गायक अनिल रिजालले आफ्नो बहुप्रतीक्षित नयाँ प्रेम गीत ‘तिम्रै सम्झना छ’ सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा सार्वजनिक गरेका छन्। यो गीतले अनिलको सुमधुर आवाज र हृदयस्पर्शी गीत लेखनलाई प्रस्तुत गर्दछ, जसमा अनिता जिम्बाको सुन्दर स्वरले थप मिठास थपेका हुन् ।

‘तिम्रै सम्झना छ’ प्रेम र विरहको भावनालाई गहिरो रूपमा व्यक्त गर्ने एक हृदयस्पर्शी गीत हो। यस गीतमा मनमोहक स्वर, सुमधुर संगीत र भावनात्मक कोरोस रहेको छ। गीतको भिडियोमा अभिनेत्री सोफिया गहतराजको उत्कृष्ट अभिनय रहेको छ, जसले गीतको भावनालाई जीवन्त बनाएको छ।

‘मैले यो गीतमा आफ्नो हृदयको गहिराइबाट प्रेमको भावनालाई व्यक्त गर्ने प्रयास गरेको छु, र मलाई आशा छ कि यसले श्रोताहरूलाई आफ्नो प्रियजनको याद दिलाउनेछ’,अनिल रिजालले भने।

यो गीत अनिल रिजाल आफैंले उत्पादन गरेका हुन्, राज महर्जनले रेकर्ड गरेका हुन्, र मार्शल फोटोग्राफ्सले भिडियो निर्माण गरेको हो। गीतमा प्रणुप रिजालको उत्कृष्ट किबोर्ड वादन रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्