काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चालुआर्थिक वर्षभित्रमा मन्त्रालयबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रोखेर काम गरिरहेको दाबी गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो दाबी गरेका हुन् ।
उनले वनसँग सम्बन्धीत क्षेत्रमा सिर्जना हुने उक्त रोजगारीले युवा पलयान रोक्ने विश्वास व्यक्त गरे । मन्त्री ठकुरीले राष्ट्रपति चुरे विकास कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम र जलाधारमा आधारित जिविकोपार्जन आयोजना तथा गण्डकी जलाधार आयोजनामार्फत भिरालो जमिनमा फलफुल लगायतका खेतीहरु गरेर बाँझो जमिनमा उत्पादन प्रवर्द्धन गर्नेगरी काम गरिरहेको बताए ।
उनले मानव वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि जंगली जनावरहरुको लागि वनभित्रै बस्नेगरी काम गरिरहेको समेत बताए । प्राकृतिक विपद् न्युनिकरण तथा वन व्यवस्थापनको क्षेत्र मन्त्रालयको प्राथमिकतामा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्