Shikhar Insurance
National Life

१४.८८ अंकले घट्यो सेयर बजार, कारोबार रकम ५ अर्ब १४ करोड

सिंहदरबार संवाददाता
२०८१ चैत्र ६, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथोँ कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ अंकमा पुगेको हो ।

बुधबार ३११ कम्पनीको ९५ लाख ८३ हजार ८ सय २९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६ सय ४३ रुपैयाँ कारोबार भएको छ । बुधबार ५३ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २९ करोड ६७ लाख ३२ हजार ६ सय ८२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता न्युनतम मूल्य ९ सय ७६.८० रुपैयाँ रहेको छ ।

बुधबार मिथिली लघुवित्तको सेयर ९.३९ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्तको सेयरमा ९.२० प्रतिशतले गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्