काठमाडौं । काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ ।
बुधबार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दुतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो । २०७२ सालमा भूकम्पले क्षति पुर्याएको सेतो मच्छिन्द्रनाथको मन्दिर पुरातत्व विभागबाट स्वीकृति भएर भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ ।
मन्दिर पुन: निर्माण २०७७ साल माघ २९ गतेदेखि पुन:निर्माण कार्य भइरहेको छ । हालसम्मको मन्दिरको भौतिक प्रगति ७५ प्रतिशत रहेको र वित्तीय प्रगति ४२.१८ प्रतिशत रहेको बताइएको छ । तत्कालिन समयमा लागत अनुमान गर्दा चाँदीको आसन लगायत्का कार्यहरु समावेश नभएकाले चाँदीको आसन राख्नको लागि २०४ किलोग्राम चाँदी दान गरिएको हो ।
चाँदीको लागि भारत सरकारबाट ३९ लाख १० हजार बराबरको रकम स्वीकृत भएको थियो । अब चाँदीको आसनको बुट्टा कुँदेर मन्दिरमा राख्ने प्रक्रिया अघि बढाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्