काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारण सभा आज बस्दैँछ । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा आज (चैत ६ गते) बुधबार काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा कस्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रस्ताव पेश गर्ने । सभामा लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ ।
सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
सभामा बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गर्नेछ ।
साथै, साधारणसभा प्रयोजनाको लागि बैंकले फागुन २२ गते बुक क्लोज भईसकेको छ । फागुन २१ गतेसम्म कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्